
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २–१ गोलले हराउँदै बार्सिलोनाले सुखद सुरुवात गरेको हो ।
बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गुर्नभयो । भ्यालेन्सियाका ह्युगो डुरोले एक गोल गर्नुभएका थिए ।
खेलको ४४औँ मिनेटमा भ्यालेन्सियाका डुरोले सुरुवाती गोल गर्नुभएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा बार्सिलोनाका लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।
त्यसपछि दोस्रो हाफको ४९औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ गोलको जित दिलाउनुभयो। सुरुवाती अग्रता जोगाउन नसक्दा भ्यालेन्सिया पराजित हुन पुग्यो ।
यो जितसँगै बार्सिलोनाले पहिलो खेलमै ३ अंक जोडेको छ । भ्यालेन्सियाले हारबाट लिगको सुरुवात गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच