
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृषि समूहको बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरू सेवाग्राहीबाट लिएको नगद ४ लाख १२ हजार रुपैयाँ, अशोकसिंह धामीको नाममा काटिएको ५ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए ।
कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच