काठमाडौं । एसियन पेन्ट्सले आर्किटेक्चर एण्ड इन्टेरियर डिजाइन २०२३/०२४ को ११ औँ कलाईडोस्कोप प्रतियोगिता विजेता घोषणा गरेको छ । एसियन पेन्ट्स नेपालद्वारा नेपाली प्रतिभाशाली आर्किटेक्टको प्रतिभा प्रदर्शनी र उनीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले वार्षिक रूपमा कलाईडोस्कोप कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कलाईडोस्कोप कार्यक्रमको यो संस्करणमा ११ आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीले सहभागिता जनाएका थिए, जसले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए । प्रतियोगितामा आइओई पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइरालाले प्रथम स्थान हासिल गर्दै ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल हुनुभयो भने एक्मे इञ्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ इञ्जिनियरिङका आशिष ओली क्रमशः द्वितीय र तेस्रो हुँदै क्रमशः ४० हजार र ३० हजार नगद पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सान्त्वना पुरस्कार प्राप्त गर्ने काठमाडौं इञ्जिनियरिङ कलेजका विपिन महर्जन र हिमालयन कलेज अफ इञ्जिनियरिङका केवल लामाले नगद पुरस्कार १० हजार १० प्राप्त गर्नुभएको छ । विजेतालाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा शर्माले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच