
रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस र नेकपा एमालेले निश्च्ति उद्धेश्य पूरा गर्न सरकार बनाएको बताउनु भएको छ ।
उहाँले विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएका थिए त्यसलाई पूरा गरेको दाबी समेत गर्नु भयो । उहाँले बर्तमान सरकार साँढे ३ वर्ष नै चल्ने दाबी गर्नु भएको छ ।
नेकपा एमालेको उपद्रोलाई रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पूरा अवधिसम्म चल्ने दाबी गर्नुभयो ।
‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन । चकचक पनि गर्दैन । यो गठबन्धन साँढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले बताउनु भयो ।
मंगलवारदेखि लुम्बिनीमा शुरु भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो ।
कांग्रेस र एमालेको सरकार पहिलो पटक नबनेको बताउँदै उहाँले यस भन्दा अघि २०४७ सालमा, २०५६ सालमा, २०६२/६३ सालमा २०७० सालमा दुई दल मिलेर सरकार बनेको प्रसंग उल्लेख समेत गर्नुभयो । 'त्यो बेला जे गर्छौ भनेका थियाैँ । त्यो पूरा भएका छन् । अहिले पनि भनेको कुरा पनि पूरा हुन्छ,’ उहाँले भन्नुभयाे।
महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने भन्दै संबिधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गर्नु भयो । महामन्त्री थापाले अहिलेको संघीयता नक्कली भएको भन्दै संबिधान संशोधन गरेर सक्कली संघीयता कार्यान्वयमा ल्याउने प्रष्ट पार्नुभयो ।
यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताउनु भयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधीहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताउनु भयो ।
नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताउनु भयो ।
३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द पोखरेल, डा. सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनुहुने छ ।
कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ ।
उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत तथा सचिव हरि काफ्लेको संचालनमा कार्यक्रम भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच