काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको ब्राण्ड एम्बासेडर नियुक्त हुनुभएको छ । सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
सन्दीप दुई वर्षका लागि बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीको एम्बासेडर रहनुहुनेछ ।
बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन । सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेसनल एडुकेसनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताउनुभएको छ । साथै उहाँले खेल जीवनमा धेरै सहयोग पुग्ने बताउनुभयो । ‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’ लामिछानेले भन्नुभयो ।
बृज इन्टरनेसनलका निर्देशक भुवन गिरीले सन्दीप जस्ता खेलाडी संस्थासँग जोडिनु सकारात्मक भएको बताउनुभयो । ‘सन्दीप ब्राण्ड एम्बासडर हुँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्नेछ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पु¥याउनेछ,’ गिरीले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच