महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मलेसियासँग हुने पाँच महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार घोषणा गरेको टोलीमा तीन नयाँ अनुहार परेका छन् ।

युवा ब्याटर सम्झना खड्का, स्पिनर कृतिका करासिनी र बायाँ हाते तीव्र गतिका बलर ईश्वरी विष्टले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो । खड्का र विष्ट सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको छ भने लुम्बिनी प्रदेशकी कृतिका मरासिनी नेपालको यू-१९ टोलीको कप्तानसमेत हुनुहुन्छ ।

रुविना क्षेत्रीको कप्तानीमा घोषित नेपाली टोलीको मुख्य प्रशिक्षकमा स्यामसन जंग थापा हुनुहुन्छ । त्यसबाहेक टोलीमा सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी हुनुहुन्छ ।

नेपालले मलेसियामा गएर पाँच खेलको टी-२० आई सिरिज खेल्नेछ । नेपालले मलेसियासँग पहिलो खेल जेठ १५ मा खेल्दैछ । त्यस्तै जेठ १६ मा दोस्रो, जेठ १८ मा तेस्रो, जेठ २० मा चौथो र जेठ २१ मा चौथो खेल खेल्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?