लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर र टोटनहृयामले अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा टोटनहृयामसँग १-१ गोलको बराबरी खेल्दै दुवै टोलीले अंक बाँडेका हुन् । टोटनहृयामले ठूलो अग्रता बनाउने प्रशस्त अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।
२९औँ मिनेटमा स्पेनिस डिफेन्डर पेड्रो पोरोले टोटनहृयामलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, सन् २०१६ मा लेस्टरलाई इंग्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्नुभएका भार्डीले बराबरी गोल फर्काउनुभयो । त्यसअघि खेलको ४५औँ मिनेटमा पेड्रो पोरोले गोल गरे पनि रेफ्रीले गोलको मान्यता दिएनन् । योसँगै प्रिमियर लिगको पहिलो राउण्ड सकिएको छ ।
पहिलो चरणको खेल सकिँदा ब्राइटन एण्ड होम एलबीयन शीर्ष स्थानमा छ । आर्सनल दोस्रो, लिभरपुल तेस्रो र म्यानचेष्टर सिटी चौथो स्थानमा छ । एस्टोन भिल्ला पाँचौँ स्थानमा छ । नयाँ सिजनको सुरुवातमा आठ टोलीले जित हात पार्दा चार टोलीले भने बराबरी गर्दै अंक बाँडेका छन् । प्रिमियर लिगका शीर्ष चारमा रहने टोलीले युइएफए च्याम्पियन्स लिगमा स्थान बनाउनेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच