काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन सञ्चारकर्मी लक्षमण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’ र अभिनेता रमित ढुंगानाको निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’ ।
शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् सञ्चारकर्मी लक्षमण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’ र अभिनेता रमित ढुंगानाको निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’ । चलचित्र सतीदेवीले बाबु र छोरीबीचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्धको संर्घष कथा भन्छ भने ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ ।
अभिनेत्री मलिका महतलाई जुत्ताको माला र कालोमोलो दलेको अवस्थामा प्रस्तुत गर्दै पहिलो पोस्टर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ले प्रदर्शनपूर्व नै केही फेष्टिभलमा महत्वपूर्ण विधामा अवार्डसमेत जितिसकेको छ ।
यो चलचित्र मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको थियो । जहाँ चलचित्रको कथावस्तु र कलाकारको अभिनयको फिल्मकर्मीहरूले खुलेरै प्रशंसा गरेका थिए । चलचित्रमा मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गर्नुभएको छ । छोरीको कथामा निर्माण भएको चलचित्रमा बाबु–छोरीबीचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्धको संर्घष कथा छ ।
चलचित्रमा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायत कलाकारको अभिनय छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुति रहेको चलचित्रको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुनुहुन्छ ।
यस्तै, आजदेखि सिनेमाघरमा आएको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहनेछ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय छ ।
‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय छ । यो चलचित्रमा शिवम् अधिकारीको लेखन तथा पटकथा रहेको छ ।
कति पाएका छन् शो ?
सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन ‘सतीदेवी’लाई २५ शो दिएको छ । काठमाडौं उपत्यकाका आउटलेटमा १३ शो र बाहिर १२ शो दिएको हो । क्युएफएक्सले ‘नमेटिने घाउ’ लाई २२ शो दिएको छ । काठमाडौंमा आठ र बाहिर १४ शो पाएको हो ।
त्यस्तै, बिग मुभिजमा ‘सतीदेवी’ ले तीन शो पाएको छ । यसमा ‘नमेटिने घाउ’ लाई दुई शो दिइएको छ । आइएनआईले ‘सतीदेवी’लाई सात शो दिएको छ । ‘नमेटिने घाउ’ ले तीन शो पाएको छ । वान सिनेमाजले दुवै चलचित्रलाई तीन-तीन शो दिएको छ । एफक्युब, बिएसआरलगायत मल्टिप्लेक्समा पनि बुकिङ खुला गराइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच