काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रहेका स्थानीय तथा रैथाने जात सम्बद्र्धन गर्दै बढी उत्पादन दिने बिउ तथा प्रविधि आयात गरी उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय बिउ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले हावापानी र भौगोलिक अवस्थितिका कारण गुणस्तरीय बिउबिजन उत्पादनका लागि नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । जसका लागि सरकारी, सहकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको मन्त्री अधिकारीको भनाइ थियो ।
उहाँले खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि नै पहिलो शर्त भए पनि जलवायु परिवर्तन र खाद्य तथा कृषि प्रणालीमा आएको व्यापक परिवर्तनले हाम्रो कृषि र कृषि प्रणाली प्रभावित भइरहेको बताउनुभयो । मन्त्री अधिकारीले कृषि क्षेत्रमा बदलिँदो परिस्थिति सामना गर्दै उत्पादन वृद्धिमार्फत् खाद्य तथा पोषण सुरक्षा सुनिश्चितताका लागि उन्नत जातका गुणस्तरीय बिउबिजन प्रयोग र विस्तारको आवश्यकता औंल्याउनुभयो । बिउबिजन क्षेत्रमा नेपालमा विद्यमान सम्भावना खोजी तथा सदुपयोग गर्न, प्रविधि विकास तथा हस्तान्तरण गर्न र साझेदारी तथा सहकार्यमा बिउ उत्पादन कार्यमार्फत् नेपालको खाद्य सुरक्षा तथा आयात प्रतिस्थापनमा सम्मेलन फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), नेपाल बिउ व्यवसायी संघलगायतको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच