काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवं कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गर्नुभयो । विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पु¥याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबीचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गर्नुभयो । अपराध रोकथाम, विपद् उद्दार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको शाख र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेख्नीय भूमिका निर्वाह गरिरहनु भएको छ त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्नुहुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मानसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताउनुभयो । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्याउन सहजता ल्याएको चर्चा गर्नुभयो । साहित्य, कला र संगीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी संगठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।
अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी संगठनप्रति विशेष आभार व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्वप्रहरी सर्जकहरू एवं नेपाल पूर्वप्रहरी कलाकार संघका पदाधिकारीको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीबीच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तक्र्रियासमेत भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच