टक्सारको ऐतिहासिक संस्कार र संस्कृति जोगाउन मेलाको तयारी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुर टक्सारको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष पनि आयोजना हुने भएको छ । मेलाका लागि बिभिन्न समितिहरु समेत गठन गरेर तयारी थालिएको भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारका वडाध्यक्ष देवी प्रसाद कार्कीले बताउनुभयो ।

वडाध्यक्ष कार्कीले भन्नुभयो, “टक्सारका विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्, यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ, यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”

भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । विसं १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि पूर्वमा त्यतिकै प्रख्यात ठाउँ हो । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ पाटक कै स्वरुपमा कृष्ण मन्दिर, विहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिकस्थल छन् ।

सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रकारूपमा स्थापित टक्सार बजारलाई पुरानै अवस्थामा फर्काउने प्रयास स्वरुप यस बर्ष पनि मेलाको तयारीमा आफुहरु जुटेको स्थानीय बिमल रणपहेलीले बताउनुभयो । टक्सारमा परम्परागतरुपमा चल्दै आएको श्रीकृष्ण जन्माष्टमी मेलाका लागि अहिले तयारी समितिहरु बनेको रणपहेलीले जानकारी दिनुभयो । भोजपुर नगरपालिका-१२ को आयोजनामा टक्सारमा यही भाद्र १० र ११ गते दुईदिने मेला लगाउन तयारी थालिएको छ ।

टक्सार ऐतिहासिक तथा धार्मिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनसहित परम्परा समेत जोगाउन जरुरी रहेको स्थानीय अमृका ताम्राकारले बताउनुभयो । ‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक टक्सार बजारमा मेलाको आयोजना गर्न लागिएको हो, विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रम हुने छन ।” ताम्राकारले भन्नुभयो ।

टक्सार ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनका लागि पनि सरकारी तहबाट चासो देखिनुपर्ने स्थानीयको माग रहदै आएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजार लगायतका ठाउँहरुमा मेला लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?