कैलाली । कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो।
सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताउनुभयो।
५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमगरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। सर्पले डसेपछि दुबै बालिकाको मृत्यु भएको छ।
सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच