काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले शुक्रबार विशेष साधारणसभा सम्पन्न गरेको छ । सभाको मुख्य एजेण्डा डिमर्ज रहेको थियो । सभाले सिर्जनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
संस्थाले सिर्जनशील लघुवित्तसँग मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षमै सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो तर विशेष कारणवस प्रक्रिया अघि बढ्न सकेको थिएन । मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरी मर्जरमा जान सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।
गत सातामात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाका हाल १४ जिल्लामा ३६ शाखा रहेका छन् भने संस्थाको सेयर पुँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच