विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको । उहाँले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताउनु भयो ।

उहाँले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको भन्दै रकारले सात बुँदे समझदारीअनुसार सुशासन लगायतमा काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका आपूर्ति प्रणालीमा देखिएका कमी कमजोरीहरु छन्, यसमा प्रस्ट पारेपछि सरकारले आफ्ना कामहरु कार्यान्वयन गराउन बाटो दिन्छ । यो वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको सरकारले सात बुँदे समझदारीअनुसार सुशासन दिनेदेखि हरेक कुरामा यो भन्दा अगाडिको भन्दा बेटर गर्न, सुधार गर्नका लागि हामीले अहिले काम अघि बढाउँदै छौँ ।’

उपप्रधानमन्त्री सिंहले विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?