गुल्मी । पछिल्लो समय नेपाली लोक गीत संगीतमा विकृति बढेको भन्दै एक कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति गुल्मीको १९ औं साधारणसभामा सहभागीहरुले नेपाली लोक कला संस्कृतिलाई बिगार्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेको हुन् ।
"हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहन" भन्ने मुख्य नारासहित तम्घासमा आयोजित साधारणसभामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले लोक संगीतमा विकृति भित्रिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपाली लोक कला संस्कृतिलाई बिगार्न खोजिएको भन्दै विकृतिका विरुद्ध लाग्न जरुरी रहेको बताउनुभयो ।
लोक कला संस्कृतिको जगेर्नासंगै समाज परिवर्तनमा महत्त्वपूर्ण सहयोग पुर्याउने खालका गीत संगीतहरु ल्याउन सबै कलाकारहरु लाग्नुपर्ने बताउनुभयो । मौलिक संस्कृति र पहिचान झल्कने परम्परा र रीतिरिवाजमा लाग्नुपर्ने भन्दै नेपाली मौलिक संस्कृति र सभ्यता जोगाउन सके मात्रै नेपाली पहिचान रहने बताउनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका आजीवन सदस्य बिमला खत्रीले पछिल्लो समय नेपाली लोक गीत संगीत समय सान्दर्भिक नभएको भन्दै विकृति भित्रिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
लोक गीत संगीतमा भित्रिएको विकृतिलाई निरुत्साहित गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । विकृतिलाई हटाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भन्दै नेपाली लोक संस्कृतिको जगेर्ना गर्नका लागि कालाकारहरुले मौलिक र समाज परिवर्तन गर्ने सन्देशमूलक गीत गाउन जरुरी रहेको खत्रीले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले सामाजिक सञ्जालमा भ्यूज बढाउने उदेश्यले पछिल्लो समय बजारमा ल्याइएका गीत संगीतमा निकै नै विकृति भित्रिएको हुँदा नेपाली लोक संगीतको धज्जी उडाएको बताउनुभयो । कलाकारले गाउने हरेक गीत संगीतमा मौलिकता हुनुपर्ने भन्दै उहाँले कला र संस्कृतिको जगेर्ना गरे मात्रै पहिचान कालान्तरसम्म रहिरहने बताउनुभयो ।
प्रतिष्ठानका लुम्बिनी प्रदेश सचिव योगराज पोखरेलले कला संस्कृतिमा विकृतिको भित्रिएको भन्दै यसको निर्मुलका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । उहाँले गुल्मी प्रतिष्ठानले गरेका हरेक क्रियाकलापको प्रसंशा गर्दै प्रतिष्ठानलाई आगामी दिनमा पनि थप क्रियाशील हुन आग्रह गर्नुभयो ।
साधारणसभामा गुल्मी प्रतिष्ठानका सचिव गणेश अधिकारी र कोषाध्यक्ष लोकेन्द्र कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिष्ठान गुल्मीका अध्यक्ष शिलु भट्टराई र उपाध्यक्ष मोहन बस्नेतको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य प्रकाश बस्नेत र प्रतिष्ठानका पूर्व कोषाध्यक्ष इश्वरी कंडेलको आतिथ्यता रहेको साधारणसभामा उपाध्यक्ष श्रीधर पोखरेलको स्वागतसंगै सुरु भएको साधारणसभामा कलाकार उज्ज्वल गिरी, कमल कंडेल, हिमाल कुँवर, लालुमाया कुँवर र धनमाया रानाले सांगीतिक प्रस्तुति राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच