काठमाडौं । ‘मिष्टर नेपाल २०२४’ सन्तोष लोक्सम घोषित हुनुभएको छ । शनिबार राति सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजित अन्तिमस्पर्धामा झापा सन्तोष लोक्समले शीर्ष उपाधिको ट्रफी उचाल्न सफल हुनुभएको हो । विजेता बनेसँगै उहाँ आधिकारिक रूपमा ‘मिष्टर नेपाल वल्र्ड २०२४’ चयन हुनुभएको छ । उहाँले आगामी नोभेम्बर महिनामा भियतनामा हुने ‘मिष्टर वल्र्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
कार्यक्रममा सन्तोषलाई एण्ट फाउण्डेशनले सोसल एम्बेसडरका रूपमा पनि पुरस्कृत गरेको छ । विजेता बनेसँगै सन्तोषले पाँच लाख बराबरको विभिन्न पुरस्कार हात पार्नुभएको छ ।
प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठ ‘मिष्टर ग्लबोल नेपाल २०२४’ छानिनुभयो । उहाँले नेपालको तर्फबाट आउँदो अक्टोबर महिनाको पहिलो साता थाइल्याण्डमा सम्पन्न हुने ‘मिष्टर ग्लबोल २०२४’ नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । त्यस्तै काठमाडौंका आयुष दुलाल प्रतियोगितामा ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ चयन हुनुभयो । दुलाले ‘म्यान अफ द वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । योगेश र आयुष दुवैले तीन लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गर्नुभयो । तीनैजना मुख्य उपाधि विजेताले विभिन्न ब्राण्डका लागि मोडलिङ गर्ने अवसरसमेत प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा धरानका आदेश प्रधान फष्टरनर अप तथा हेटौंडाका आयुष बमजन सेकेण्ड रनर अप हुनुभयो । अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकार कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा फोटोग्राफर राजभाइ सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री एवं मोडल नीति शाह, पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ तथा पूर्वमिष्टर नेपालद्वय डा.रूपक घिमिरे र सन्दीप पोखरेल रहनुभएको थियो ।
प्रतियोगिताको विभिन्न विधागत अवार्डमा आयुष बोमजन रियलमी मोस्ट पपुलर, आदेश प्रधान पब्लिक च्वाइस, आयुष दुलाल टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्याल टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठ आर्टसियम मिष्टर फाटोजेनिक, साकार बजिमय प्रिमेरा मोष्ट इन्टिलेक्चुयल, मनोज गुरुङ बज्र वेष्टफिजिक, सन्तोष लोक्सम ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहान योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठ जोय मेन च्वाइस, अनिकेत प्रजापति श्रीकेश वेष्ट हेयर, सिजल कपाली राइनो मिष्टर फेसनीष्टा, अग्रज श्रेष्ठ प्रो स्टाइल मिष्टर स्टाइल आइकन तथा मनोज गुरुङ केएफसी वेष्ट स्पोर्टस्मेनसिप अवार्डमा विजेता चयन हुनुभएको थियो ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पाइलट, डाक्टर, इन्जिनियर, चार्टर एकाउन्टेन्टलगायत प्रतियोगीका रूपमा रहँदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच