तरुण दल खोटाङको कार्यवहाक अध्यक्षमा काजीमान राई

Read Time = 3 mins

-चिसाङ शेर्पा
खोटाङ । नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङको कार्यवहाक अध्यक्षको जिम्मेवारी प्रथम उपाध्यक्ष काजीमान राईले पाउनु भएको छ ।
तरुण दलका जिल्ला अध्यक्ष भिषण राईलाई १३ असारमा विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दल केन्द्रीय तदर्थ कार्य समितिमा कांग्रेस सभापति शेर बहादुर देउवाले मनोनयन गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका काजीमानले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउनु भएको हो ।

शनिबार जननायक विपी कोईरालाको ४१ औं स्मृति दिवसको अवसरमा विपी स्मृती भवन दिक्तेलमा आयोजित सरसफाई तथा वृक्षरोपण कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य भिषणले काजीमानलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभयो ।
तरुण दलको विद्यान संशोधन र परिमार्जित विद्यान २०१०, २०५५, २०५८, २०६१, २०६४ र २०६५ बमोजिम तरुण दल खोटाङको संगठन निर्माणदेखि सम्पूर्ण काम, कर्तव्य गर्नेगरी काजीमानलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको पत्रमा भनिएको छ ।

तरुण दल केन्द्रीय तदर्थ कार्य समितिमा भिषणसहित, जयकुमार तामाङ, रोजन राई, सञ्जय कुमार राई, सचिन्द्र सिंह ठकुरी र दिनेश राईलाई मनोनित भएका थियो ।

कार्यवहका अध्यक्षको जिम्मेवारी पाएका काजीमानलाई कांग्रेस खोटाङका उपसभापति इवन राई, सचिव समिर राई, महाधिवेशन प्रतिनिधि सुमनबावु आचार्य, शहरमान राई, डिल्लीकुमारी आचार्य, कांग्रेस जिल्ला सदस्य नवराज राई, अनुस्का वस्नेत, उमेशचन्द्र आचार्य, महेश रेग्मी, प्रदेश ‘क’ सभापति राजेन्द्र राई, प्रदेश ‘ख’ सभापति दिनेश घिमिरे लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

यसैविच, आजै नेपाल तरुण दल दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिको कार्यवहाक अध्यक्षको जिम्मेवारी निर्मलीडाँडाका दिवासन राईले पाउनु भएको छ । नगर समिति अध्यक्ष सुचन राईले दिवासनलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?