ऐक्यम क्लोदिङको नयाँ वर्ष अफर

Read Time = 1 min

काठमाडौं । नेपालको अर्बन क्लोदिङ ब्राण्ड ‘ऐक्यम’ ले नयाँ वर्ष २०८० का अवसरमा आफ्ना सबै स्ट्रिटवेयर र फेसनवेयरमा ४० प्रतिशतसम्म छुट दिने भएको हो । कम्पनीले फेसन उत्साहीबीच लोकप्रियता हासिल गर्नुका साथै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

पृथक् डिजाइन र उच्च गुणस्तरका सामग्री प्रयोग गरी उत्पादन गरिएको हुडी, जगर्स हाल बजारमा उपलब्ध हुनुका साथै समर क्लोदिङको कलेक्सन पनि छिट्टै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ऐक्यमले चैत ३० गते पोखराको लेकसाइडमा आयोजित पोखरा स्ट्रिट फेस्टमा स्टल राखेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?