काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार-२०८१, नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ । लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललार्ई प्रदान गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउण्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौँ वार्षिक पुण्य स्मृति दिवस पारेर २०८१ भदौ २१ गते शुक्रबार प्रदान गर्नेछ । देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
फाउण्डेसनले हरेक वर्ष एक उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पहिलोेपटक नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई प्रदान गरेको थियो । त्यसयता सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, विजयराज खनाल तथा यज्ञ बञ्जाडेलाई प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच