काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताउनुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजनीतिलाई अहिले आम नागरिकहरुले चासोका साथ हेरेको पनि बताउनु भयो । उहाँले अब जे पनि चल्दैन भन्नेकुरा नेतृत्व तहलाई ज्ञात हुनुपर्ने बताउनु भयो । हरेक ठाउँमा युवा पुस्ताहरुले हस्तक्षेप शुरु गरेको भन्दै आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत देखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आम नागरिकले चासोका साथ राजनीतिलाई हेरेका छन् । अब जे पनि चल्दैन भन्नेकुरा जुन शुरुवात भएको थियो, हरेक ठाउँमा हस्तक्षेप शुरु भएको छ । राजनीतिक रुपमा हामीले हस्तक्षेप गर्न आयौँ । अब आम नागरिकले पनि हस्तक्षेप गर्न शुरु गरे भन्ने संकेत दिएको छ । जनता जागिरहेका छन् । अब जनताले हरेक चिज हेरिरहेका छन् । सच्चिनु र सुध्रिनु बाहेक केही छैन । दुई तिहाईको सरकारलाई यो भन्दा ठूलो घण्टी अरु बज्दैन । ढाकछोप गर्नेतिर जानु भएन ।’
सभापति लामिछानेले भ्रष्टाचार ढाकछोप गर्नतिर नलाग्न पनि सरकारलाई सचेत गराउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच