बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री निरास हुँदै काठमाडौं फर्किए

Read Time = 4 mins

काठमाडौं । बागी उम्मेदवारलाई फकाउन चितवन पुग्नुभएको दुई मन्त्री काठमाडौं फर्किनु भएको छ । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुग्नुभएको गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किनु भएको हो।

दुवैजना शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किनु भयो । बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन जानु भएको थियो। बिहीबार दिनभर उहाँलाई मनाउन अनेकन प्रयास भएको थियो। तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राख्नुभयो । घरमै पुगेर फकाउने प्रयास गर्नुभएको गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफु पछि नहट्ने बताउनु भएको थियो ।

पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुग्नु भएको थियो। बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि पौडेल उम्मेदवारी फिर्ता लिन तयार हुनु भएन । त्यो बीचमा उहँहरूले विभिन्न अफरसमेत

प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उहाँलाई गरिएको थियो। उहाँलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुग्नुभएको थियो। तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उहाँको अडान थियो ।

प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उहाँलाई गरिएको थियो। उहाँलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुग्नुभएको थियो। तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उहाँको अडान थियो ।

केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुग्नुभएको थियो । उहाँले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाउनु भएको थिाये। भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिनुभएको छ । यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ । जसले गर्दा प्रचण्डको दबाब पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहनु भएको हो।

उम्मेदवारी फिर्ता नलिने अडानमा रहनु भएको पौडेललाई नेपाली कांग्रेसले कारवाहीको तयारी गरेको छ । शुक्रबार बेलुकासम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ । तर, उहाँले पार्टीले अनुशासनका कारवाही गरे भोग्न तयार रहेको बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?