अमेरिकाद्वारा चिनियाँ सामानको आयात कटौती

Read Time = 2 mins

बेइजिङ । अमेरिकाले चिनियाँ सामानको आयात हृवात्तै घटाएको छ । पश्चिमा कम्पनीले आफ्नो आपूर्ति शृंखलालाई चीनबाहिर पु¥याएसँगै अमेरिकाले पनि चिनियाँ सामग्रीको आयात कटौती गरेको हो । हालै सार्वजनिक भएको तथ्यांक अनुसार दश वर्षको अन्तरालमा पहिलोपटक चिनियाँ सामानको आयातमा ५० प्रतिशतले कमी आएको छ ।

परामर्श कम्पनी केर्निकोका अनुसार चीनमाथिको निर्भरता कम गर्न अमेरिकाले सरकारीस्तरमै चिनियाँ उत्पादनको आयात कटौती गरेको छ । अमेरिकी उपभोक्ताले चीनबाहेकका मुलुकका सामानलाई रुचाएका पाइएको छ । ती उत्पादन किफायती भएकाले उपभोक्ताको रोजाइमा परेका हुन् । दक्षिण कोरिया र जापानका उत्पादनतर्फ अमेरिकी उपभोक्ता आकर्षित हुँदै गएका छन् । यद्यपि ती मुलुकबाट अमेरिका आयातको हिस्सा ५० प्रतिशतभन्दा कम हुने ठानिएको छ । भारत, भियतनाम, ताइवान र मलेसियाका उत्पादनले उनीहरूको मन जितेको छ ।

चीन र अमेरिका एकअर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अमेरिकी व्यापार तथ्यांक प्रयोग गर्ने किर्नीको रिशोरिङ इन्डेक्सका आधारमा गतवर्ष एसियाली देशहरूबाट अमेरिकाले आयात गरेको वस्तुको ५०.७ प्रतिशत चिनियाँ सामानको थियो । यो संख्या दश वर्षअघि लगभग ७० प्रतिशत थियो ।

किर्नीको तथ्यांक अनुसार विगत पाँच वर्षमा भियतनामबाट अमेरिकाले दोब्बर र अघिल्लो दशकमा तीन गुणाले आयात गरेको थियो । यसले संयुक्त राज्य अमेरिकामा खपत हुने एसियाली उत्पादनहरूको ठूलो हिस्सामा योगदान पु¥याएको स्पष्ट हुन्छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?