कर्णाली प्राविधिक शिक्षालयका भौतिक संरचना जीर्ण, सरकारको ध्यान गएन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । पश्चिम नेपालको सबैभन्दा पुरानो र प्राविधिक शिक्षा आर्जनको एक मात्रै भरपर्दो शिक्षालय कर्णाली प्राविधिक शिक्षालयका भौतिक संरचनाहरु जीर्ण बन्द गएका छन् । करिब आधा शताब्दी अघि निर्मित भौतिक संरचनाहरु जीर्ण बन्दै गएपछि कर्णाली प्राविधिक शिक्षालय जुम्ला यतिबेला ठूलो समस्या झेलिरहेको छ ।

प्राविधिक जनशक्ति उत्पादनको हब मानिदै आएको उक्त शिक्षालयमा न विद्यार्थी संख्या अनुसार भवन छ न भएका संरचनाहरु भरपर्दोका अवस्थाका छन् । विसं.२०३७ सालमा युनाईटेड मिसन टु नेपाल र नेपाल सरकारको साझेदारीमा निर्मित भवनहरु बनेको ४४ वर्ष पुगेको छ । उक्त भवनहरु लामो समयदेखि मर्मत संभार हुन नसक्दा जीर्ण बनेको र त्यसले त्यहाँ बस्ने शिक्षक तथा विद्यार्थीहरुमा ठूलो जोखिममा रहेको कार्यक्रममा शिक्षालय प्रमुख टेकेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँले स्थापनाको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिने काम गरेको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य संकायमा अध्ययन अध्यापन गरिरहेको जनाउनुभयो । नर्सिङ पढाउन आफ्नै अस्पताल हुनुपर्ने शिक्षा नीतिले शिक्षालयमा नर्सिङ अध्ययन अध्यापन हुन नसकेको उहाँको गुनासो थियो । शिक्षालयको छ सय ५१ रोपनी जमीनमा ५८ भवनमा ६ वटा निर्माण भएको र बाँकी ५२ भवन अँझै जीर्ण भएकोमा प्राविधिक लागत अनुमान अनुसार आवासीय तथा शैक्षिक भवन निर्माणका गर्न करिब रु १५ करोड लाग्ने उहाँले बताउनुभयो ।

आगामी आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि भने रु पाँच करोड बजेट प्रस्ताव गरिएको शिक्षालय प्रमुख थापाको भनाई छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्राविधिक जनशक्ति उत्पादनको केन्द्र कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक तथा भौतिक संरचना निर्माणमा प्राथमिकताका साथ गरेर प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले गरिखाने शिक्षामा नै जोड दिँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्याउने शिक्षालयको विकासमा सरकारको विशेष जोड हुन्छ ।” दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रमा रुपान्तरण गरी स्वरोजगार बढाउनतर्फ जोडदिइने कर्णाली प्राविधिक शिक्षालयले जनाएको छ ।

प्रदेश सरकार र संघीय सरकारले कर्णाली प्रविधिक शिक्षालयलाई प्रथामिकतामा राखेर काम नगरेको जुम्ली स्थानीयवासिको जनगुनासो रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?