गुल्मी । गुल्मीको तम्घासमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रोपाइँ जात्राका साथमा विभिन्न प्रहसन देखाइएको छ । आज बिहान श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा तथा लाखे नाँचलगायतका झाँकी प्रदर्शन गरिएको हो ।
संयुक्त तम्घासस्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन गरिएको रथ यात्रा तथा रोपाइँ जात्रामा दर्जनौं संघ-संस्थाहरुको सहभागितामा श्रीकृष्ण जन्माष्टमीलाई उल्लासमय रुपमा मनाइएको हो । यहाँका नेवार समुदायले प्रदर्शन गरेको लाखे नाँच, रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीहरुको पञ्चेबाजा सहितको प्रस्तुति देखाएका हुन् ।
तम्घास्थान मन्दिर नयाँ बजारबाट सुरु भएको रथ यात्रा तथा रोपाइँ जात्रा बजार परिक्रमा पश्चात् चिदिचौर खेलमैदानमा लगेर देखाइएको थियो । यस अवसरमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । रेसुङ्गा नगरपालिका भित्रको सबैभन्दा ठुलो पर्वको रुपमा श्रीकृष्ण जन्माष्टमी पर्वलाई मनाइँदै आएको संयुक्त तम्घासस्थान मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालले बताउनुभयो ।
रथ यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधा माधव समिति, सत्य साई केन्द्र, रक्त सञ्चार समुह, पतञ्जली योग समिति, पूर्व प्रहरी संगठन, नेपाल स्काउटलगायका संघ-संस्थाहरुको सहभागिता रहेको थियो । स्थानीय तहले पर्वको अवसरमा सार्वजनिक बिदा दिएपनि बिदाको औचित्य पुष्टि गर्न यहाँका जनप्रतिनिधि, कर्मचारीहरु, रथ यात्रामा सहभागी बन्न नसक्नु निकै दु:खद पक्ष रहेको आयोजकले जनाएको छ ।
ऐतिहासिक रुपमा सञ्चालन हुँदै आएको रथ यात्रा र रोपाइँ जात्रालाई आगामी दिनमा स्थानीय तहले सबैको सहभागिता उल्लेख्य रुपमा बढाउने गरी वातावरण सिर्जना गर्नुपर्ने सहसचिव विनोद पाण्डेले बताउनुभयो । वैधिक सनातन संस्कृतिको संरक्षणका लागि सबै जुट्नुपर्ने विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । उहाँले समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाउन हटाउन यस्ता पर्वहरुले ठुलो महत्व राख्ने बताउनुभयो ।
रेसुङ्गा नगरपालिकाको सम्पत्तिका रुपमा रहेको रोपाइँ जात्राको संरक्षण र युवाहरुमा यसको ऐतिहासिकता उजागरका लागि कार्यक्रम गरिएको रोपाइँ जात्रा सञ्चालन समितिका संयोजक निशेष श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच