काठमाडौं । चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई मुख्य अभिनेता विपिन कार्कीकी स्वर्गीय आमा सरस्वती कार्कीप्रति समर्पित गरिएको छ । गत सातामात्रै विपिनले आमा गुमाउनुभएको थियो । हर्क साउदको शब्द रहेको गीतमा निशान भट्टराई एवं समिरा थपलियाको स्वर र कल्याण सिंहको संगीत छ ।
लिरिकल गीतको भिडियोमा मुख्य कलाकार विपिनसहित वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड हुनुहुन्छ । भिडियोमा चलचित्रका दृश्यहरू समावेश गरिएको छ । शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा विपिन दोहोरो भूमिकामा हुनुहुन्छ । ‘तेल भिसा’बाट निर्देशक शंकर घिमिरे बाह्र वर्षपछि निर्देशनमा कमब्याक गर्दै हुनुहुन्छ । यसअघि उहाँले ‘विष’, ‘वीरताको चिनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’लगायत चलचित्र निर्माण तथा निर्देशन गर्नुभएको थियो ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । यो चलचित्र आगामी मंसिर ७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच