काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ ।
क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो ।
क्यानले १० दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको संख्या बारे जानकारी दिएको थिएन । क्यानले आव्हान गरेको फ्रेन्चाईजी आवेदनमा १६ जनाले आवेदन दिएको र केहि दिनमा नै क्यानले फ्रेन्चाइजी टिमको टुंगो लगाउने तयारी गरेको छ ।
क्यानको बैठकले अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै मुख्य प्रशिक्षक मोन्टी देशाईसहितलाई जनही ३ लाख र प्रशिक्षण टिमका अन्य सदस्यलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।
क्यानको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्ने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले आफ्नो वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने भएको छ ।
त्यस्तै क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई २ महिला र ३ पुरुष गरी प्रति प्रदेश ५ खेलाडीलाई सेप्टेम्बर १ देखि लागू हुने गरी वार्षिक जनही १५ हजारको दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशले नै खेलाडीसँग सम्झौता गरी केन्द्रबाट पारिश्रमिक निकासा लिनेछ । ७ प्रदेशका कुल ३५ खेलाडी यस सम्झौतामा पर्नेछन् ।
त्यसैगरी क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय छनोट समिति गठन गरेको छ । छनोट समितिका लागि क्यानले आवेदन मागेको थियो । क्यानले समितिका अन्य दुई सदस्यमा युनिल श्रेष्ठ र मुर्तुजा हवारीलाई चयन गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच