हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा दुई घण्टासम्म थुनिएको कुवाडी नदी अहिले खुलेको छ ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिका–२ रुम्दी र हुम्लाको ताँजकोट गाउँपालिका–१ को सिमानामा पर्ने कुवाडी दनी अहिले सामान्य पहिलाकै अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।
शुक्रबार विहान दश बजेदेखि कुवाडी नदी १२ बजेसम्म थुनिएको थियो । १२ बजेपछि कुवाडी नदी खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक चन्दले बताउनुभयो । कुवाडी नदी आसपास क्षेत्रमा पहिरो जाँदा कुवाडी नदी थुनिएको थियो । शुक्रबार विहान यस क्षेत्रमा पहिरो जाँदा नदी थुनिएको थियो । अहिले सामान्य अवस्थामा फर्किसकेको छ ।
शुक्रबार विहानै कुवाडी नदी थुनिदा कुवाडी प्रहरी चौकीले यस क्षेत्र आसपासका बस्तिका नागरीकलाई विहानै हटाइ सकेको निरिक्षक चन्दले बताउनुभयो । विहानै यस क्षेत्र आसपासका नागरीकलाई हटाइ सकेपनि मानिसलाई अहिले बसोबास गर्न नदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
कर्णाली नदी आसपासका बस्तिहरुमा रहनुभएका तथा अन्य कामको शिलशिलामा नदी आसपासका सतहहरुमा रहनुभएका सम्पूर्ण नागरीकलाई नदी आसपास क्षेत्रबाट टाढा जानुका साथै सर्तकता अपनाउ बाजुराको हिमाली र हुम्लाको ताँजकोट गाउँपालिकाले आग्रह समेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच