७९ बर्षको उमेरमा पनि सिन्का बेच्दै धनबहादुर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । इच्छा शक्ति भएमा उमेरले पनि नरोक्ने उदाहरण बन्नु भएको छ, भोजपुर नगरपालिका वडा नम्वर ११, आम्तेकका धनबहादुर राई । उमेरले ७९ बर्ष पुग्नु भएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।

धनबहादुर मात्र होइन उहाँका दाई रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दैआई रहनु भएको थियो । धनबहादुरले भन्नुभयो, “बिगतमा १० देखि २० रुपैया मुठाका दरले सिन्का बेच्ने गरेको थिए, अहिले भने एक सय २० रुपैयासम्ममा बिक्री गर्दे आईरहेको छु ।” सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको राईले बताउनुभयो । 'असी बर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरि रहेको छु, बजारमा ल्याएको सिन्का सवैले किन्ने गरेका छन । धैरेले त तराई तिर लान पनि ल्याई दिनु है बाजे पनि भन्छन',राईले भन्नुभयो ।

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अरुकोबाट किन्नु नपर्ने भएकाले पनि आफुहरु सानै देखि नै यो पेशामा लागेको धनबहादुर सुनाउनुहुन्छ । “अहिले त खाली युवाहरु बिदेश जान तम्सिन्छन तर, जोश जाँगर भए त गाउँ घरमै पनि त्यतिकै त बस्नु पर्देन ।” राई भन्नुहुन्छ ।

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आउनु भएका राईले केही समयमा नै ति सिन्का बिक्री गरि सकेको बताउनुभयो । उहाँले ती सिन्का बिक्रीबाट पन्ध्र सय माथि कमाएको बताउनुभयो । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताउनुभयो । यस्तो काममा अहिलेकाहरुले चासो नदेखाउँदा अवका दिनमा सिन्का पाउन पनि मुसकिल हुने राईको भनाई छ ।

राई भन्नुहुन्छ, “अहिलेसम्म त भनेकाहरुलाई मैले सिन्का ल्याई दिएको छु, अव मैले छोडेपछि समस्या हुन्छ, त्यस पछि धार्मिक कार्यहरुमा प्रयोग हुने दुना टपरी कसरी बनाउने ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?