एआईमा आणविक गभर्नेन्सको ढाँचाले काम गर्दैन

Read Time = 14 mins

✍️ अनुवाद : नारायणप्रसाद घिमिरे
आणविक हतियार र जलवायु परिवर्तन जस्तै मानव अस्तित्वमाथि नै संकटका रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) माथि छलफल भइरहेका छन् । यस्तो तुलनाले एआईको निमयनसम्बन्धी छलफलमा अपव्याख्या भइरहेका छन् ।

- यास्मिन अफिना र डा.प्याट्रिसिया लेविस
एआई प्रविधिको बृहद् विकास र अवलम्बन भइरहँदा यी विषयले खडा गर्ने चुनौतीका बारेमा उत्तिकै चासो बढिरहेको छ । गत मे महिनामा केही औद्यौगिक नेता र वैज्ञानिकहरूले एआई आणविक युद्ध जत्तिकै मानवतामाथिको भयानक खतरा हो समेत भने । यी दुई विधाबीचको यस्तो तुलनाले धेरैको ध्यान खिचिरहेको छ, र ओपन-एआईका प्रमुख कार्यकारी साम अल्टम्यान र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलगायतले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) जस्तै एउटा अन्तर्राष्ट्रिय निकायको स्थापना गर्नुपर्छ भनी प्रस्ताव अघि सारेका छन् । तर, प्रविधि धेरै किसिमका छन् र एआईको मामलामा भनें आणविक गभर्नेन्स (व्यवस्थापन तथा नियमन) को ढाँचाले विल्कुल काम गर्दैन् ।

आइएइए के हो ?
आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगको प्रवद्र्धन गर्न सन् १९५७ मा आइएइएको स्थापना भएको थियो । आइएइएको स्थापनाको प्रस्ताव अमेरिकी राष्ट्रपति आइजेनहावरले गरेका थिए । आइएइए विधानसम्मत चलेको छ । शान्ति, स्वास्थ्य र समृद्धिको प्रवद्र्धन गर्न र सकेसम्म सैन्य प्रयोजनका लागि आणविक ऊर्जाको प्रयोग नहोस् भनी सुनिश्चित गर्न यस संस्थाको स्थापना भएको हो । आइएइएले आणविक भट्टी र यससम्बन्धी अध्ययन अनु्शन्धान गर्ने भट्टीजस्ता गैह्रसैन्य आणविक गतिविधिको निगरानी गर्दछ जसको उद्देश्य राज्यले आफ्ना सैन्य कार्यक्रमका लागि गैह्रआणविक हतियारमा आणविक सामग्री प्रयोग नगरून् भन्ने हो ।

शीतयुद्धको उत्कर्षमा, अमेरिका र त्यो बेलाको सोभियत युनियनसँग भएभरका मानिस सखाप पार्नसक्ने प्रशस्त आणविक हतियार थिए भनिन्थ्यो । हालैको अनुमानले भनें सम्पूर्ण मानव बसोवास सखाप पार्न आवश्यक पर्ने आणविक हतियारको संख्या भने एक शयभन्दा पनि कम भएको जनाउँछ ।

इराकमा सन् १९९० को पछिल्लो दशकको अपवादबाहेक आइएइएले सुरक्षा मामलामा असाधारण सफलता पाएको छ । उत्तर कोरिया बाहेक यस एजेन्सीले परिपालना नभएका थुप्रै उदाहरण पत्ता लगाएको छ र अहिलेसम्म इरानलगायत विभिन्न ठाउँमा आणविक प्रसार रोक्न र यस्ता कार्य अघि नबढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

अस्तित्वलाई लिएर आणविक युद्धको त्रास
हो, सुरुवाती विकासदेखि नै आणविक हतियारले अस्तित्वसम्बन्धी ज्ञात, परिमाणयोग्य चुनौती खडा गरेको थियो । सन् १९४५ अगस्टमा हिरोसिमा र नागासाकीमा भएका बम विष्फोट विध्वंशकारी, अविवेकी र अनियन्त्रित प्रकृतिका थिए । आइएइए स्थापना र आणविक अप्रसार सन्धीलगायत हतियार नियन्त्रणसम्बन्धी सन्धिहरूका लागि उत्प्रेरणा दिने विषयमध्ये आणविक युद्धप्रतिको ठूलो भय नै थियो । त्यो भयको पनि कारण थियो । शीतयुद्धको उत्कर्षमा, अमेरिका र त्यो बेलाको सोभियत युनियनसँग भएभरका मानिस सखाप पार्नसक्ने प्रशस्त आणविक हतियार थिए भनिन्थ्यो । हालैको अनुमानले भनें सम्पूर्ण मानव बसोवास सखाप पार्न आवश्यक पर्ने आणविक हतियारको संख्या भने एक शयभन्दा पनि कम भएको जनाउँछ ।

त्यसकारण आणविक हतियारकै अस्तित्वले खडा गरेको जोखिम र तीनको प्रयोगले निम्त्याउने जोखिम अस्तित्वसँग जोडिएको छ । तीनको प्रयोगबाट सिर्जना हुने व्यापक मानवीय जोखिम र परिणामले सन् २०१७ मा आणविक हतियार निषेधसम्बन्धी सन्धिको अवलम्बन गर्न बल पुर्‍याएको थियो ।

विध्वंशको डरले ज्ञात जोखिमसम्बन्धी प्रयासमा विषयान्तर
यतिखेर, एआईको अस्तित्ववादी र प्रलयकारी जोखिमसम्बन्धी कुनै ठोस वैज्ञानिक प्रमाण छैन । कैयौं चिन्ता र चासो काल्पनिक छन् र एआईले सिर्जना गर्ने यस अघिकै नीतिसम्मत र कानुनी जोखिम र तीनले निम्त्याउने हानिबारे आममानिसको ध्यान विकेन्द्रित गर्दैछन् । यो भन्नुको अर्थ एआईको जोखिम छँदैछैन भन्ने होइन । विशेषगरी जातिगत अल्पसंख्यक, विकासशील देशका जनता र अन्य सङ्कटापन्न समूहमाथि प्रविधिले निम्त्याउने जोखिमबारे थुप्रै प्रमाण अभिलेखीकरण भइरहेका छन् ।

विशेषगरी संवेदनशील राष्ट्रिय पूर्वाधार (सिएन्आइर््) माथि अधिक निर्भरताले झन् धेरै जोखिम निम्त्याउन सक्छ, तर यो कुनै जाति/प्रजातिका लागि प्रलयकारी हुँदैन । एकपछि अर्को प्रमाण संकलन र विश्लेषण गरी हेर्दा, एआईको व्यापक, अस्तित्वसम्बन्धी जोखिमबारे घोत्लिनु जरुरी छैन । तर, तीव्र गतिमा यसको नियन्त्रण गर्ने प्रयासले भने हानि गर्न सक्छ ।

एआईको नियन्त्रण गाह्रो छ तर असम्भव भने होइन
आणविक हतियारको काम गर्ने तौरतरिका एआईको भन्दा नितान्त फरक छ । आणविक हतियारको विकासमा भौतिक बाधा व्यवधान छ । तीनको उत्पादनका लागि निश्चित मात्रामा वैज्ञानिक सामग्रीको आवश्यक पर्छ, जस्तै प्लुटोनियम र निक्खार (९० प्रतिशतभन्दा माथि) युरेनियम र ट्रिटियम । यी सामग्रीले अद्वितीय मापनयोग्य चिहृन निर्माण गर्छन् । निरीक्षण गरिरहँदा शूक्ष्म चिन्ह पनि पत्ता लगाउन सकिन्छ र गुहृय क्रियाकलाप पनि पर्दाफास गर्न सकिन्छ ।

यी विशेष सामग्रीविना आणविक हतियार निर्माण गर्न सकिन्न । यी सामग्रीको पहुँचमा भौतिकरूपमै नियन्त्रण गर्दा त्यस्ता देशहरू जसलाई यी चीज प्राप्त गर्ने अनुमति छैन, तिनीहरूमाथि झन् प्रतिबन्ध लाग्छ । यो कुरा एआईभन्दा फरक छ किनकि एआई सफ्टवेयरमा र विविध उद्देश्यमा आधारित छ । एआईको अमूर्त विशेषताका कारण विशेषगरी ओपन–सोर्स एआईको वृद्धि नियन्त्रण गाह्रो छ तर असम्भव भने होइन । यिनै अमूर्त र अन्तर्निहित प्राविधिक भिन्नताका कारण आइएइएले अवलम्बन गरेका जस्तै सुरक्षा उपाय र प्रमाणीकरणका विधिले एआईको हकमा काम गर्दैनन् ।

केले काम गर्ला त ?
एआई प्रविधिको निर्माण र उपयोगका दौरमा देखा पर्ने जोखिम सम्बोधन गर्न नीतिगत तहबाटै पाइला चाल्नुपर्छ । तर, यसका लागि आणविक क्षेत्रको भन्दा फरक गभर्नेन्स ढाँचाले राम्रो सल्लाह दिन्छ । एआई उत्पादनको विस्तार र व्यापारीकरणको निरीक्षणका लागि अमेरिकाको खाद्य तथा औषधि विभाग (एफ्डिए) ले अपनाएको तरिका तर्कसंगत हुनसक्छ । यो विधिअन्तर्गत ‘स्केल्ड लाउन्चिङ् मोडल’ पर्छ जसले प्रश्न उब्जिएका उत्पादनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको सवल परीक्षण र बृहद् जोखिम मूल्यांकन गर्छ ।

त्यसैगरी, एआई नियन्त्रण र नियमनबारे अर्को उपयोगी तरिकाको जानकारी अनुवांशिक रूपमा परिमार्जित खाद्य तथा दानाका लागि इयुको प्रशिक्षण प्रयोगशाला (इयुआरएल् जिएमएफ्एफ्) प्रदान गर्दछ । एकदम फरक सांस्कृतिक परिवेशमा छरिएर रहेका प्रविधिको व्यवस्थापन र नियमन गर्ने प्रयासहरू मानव जिन सम्पादन र मानव भ्रुण अनुसन्धानको सञ्चालन र नियमनमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासका रूपमा पनि अध्ययन गर्न लायक छन् ।

एआई उत्पादनको विस्तार र व्यापारीकरणको निरीक्षणका लागि अमेरिकाको खाद्य तथा औषधि विभागले अपनाएको तरिका तर्कसंगत हुनसक्छ । यो विधिअन्तर्गत ‘स्केल्ड लाउञ्चिङ् मोडल’ पर्छ जसले प्रश्न उब्जिएका उत्पादनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावको सवल परीक्षण र बृहद् जोखिम मूल्यांकन गर्छ ।

एआई विधाले अन्तर्राष्ट्रिय निकायबाट सिक्न सक्छ । यसले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय समूह (आइपिसिसी) बाट प्रेरणा लिन सक्छ । साथै, एआईसम्बन्धी उच्च-स्तरीय परामर्श निकायका लागि राष्ट्रसंघीय महासचिवको सिफारिशलाई लिएर एआईलाई एक कदम अघि बढाउन सकिन्छ । यस्तो निकायले अन्तर्राष्ट्रिय समुदायलाई विविध र पूर्ण डाटा प्रदान गर्न सहयोग गर्छ, जसले पूर्ण, प्रमाणमा आधारित र समावेशी प्रतिफल दिन्छ ।

यसका लागि एक नयाँ अन्तर्राष्ट्रिय निकायको स्थापना वा अहिले भइरहेकै कुनै विशिष्टीकृत संस्था जस्तै अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु) को कार्य विस्तार गर्न सकिन्छ । आइटियुको मापदण्ड र नियमावली विश्व रेडियो सञ्चार सम्मेलन (डब्लुआइसी)मार्फत् नियमित पुनर्लेखन हुन्छ । चलायमान प्रकृति र तीव्र गतिमा हुने प्राविधिक विकासको सन्दर्भमा हेर्दा यस्तो संरचनाले एआईको हकमा राम्ररी काम गर्न सक्छ । यो निकायले सबै सरोकारवालाको सहभागिता प्रवद्र्धन गर्छ, छलफलमा सहयोग पु¥याउँछ र एआईको जोखिम नियन्त्रणका प्रयास जारी राखी गहन र दीर्घकालीन अनुसन्धान गर्दछ ।

एआई गभर्नेन्स ढाँचाबारे इन्टरनेट गभर्नेन्स फोरम (आइजिएफ्), राष्ट्र संघको ग्लोबल डिजिटल कम्प्याक्ट, समिट अफ द फ्युचर र प्रविधिसम्बन्धी महासचिवको दूतका क्रियाकलापलगायत विभिन्न मञ्चमा बहस अघि बढाउन सकिन्छ । सन् २०२५ मा हुन गइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएस्आइएस्) एआई गभर्नेन्सको भावी दिशा तय गर्न महत्वपूर्ण अवसर हुनेछ । एआई नियमनका लागि यी निकाय र मञ्चहरू असल ढाँचाका प्रतिनिधि हुन् । यी निकायले सबैलाई फाइदा हुनेगरी एआईको पूर्ण सामथ्र्य प्रभावकारी रूपले उपयोग गर्छन् । (स्रोत : चतामहाउस डट ओआरजी, जुन २८, २०२३ । विचार लेखकका निजी हुन् ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?