‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र फिल्म ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो । चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा सौगातसँगै दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्र काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको हो । अमलादेवी नेपाली, पुस्कर गुरुङ र दीपक मनांगेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुनुहुन्छ । चलचित्रमा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?