काठमाडौं । नेपाली कांग्रेसका लागि संवाद केन्द्रले विभिन्न विधाका पाँचजना महिलालाई सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक क्षेत्रबाट राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, कला संस्कृति एवं गायनमा वरिष्ठ गायिका कुन्ती मोक्तान, साहित्यतर्फ साहित्यकार सन्ध्या पहाडी, समाजसेवातर्फ आमाविहीनहरूकी आमा जुनु पुनमगर र खेलकुदतर्फ नेपाली महिला क्रिकेट टिमकी राष्ट्रिय कप्तान इन्दु बर्मालाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले उहाँहरूलाई सम्मान पत्र अर्पण गर्नुभएको थियो । त्यस अवसरमा सिटौलाले देशका निम्ति कीर्ति राख्ने नेपालका गहनाहरूलाई हौसला बढाउन जरुरी रहेकाले राजनीतिक दलहरूले पनि आफ्नो कार्ययोजनामा यो विषय समावेश गर्नुपर्नेमा जोडदिनुभयो ।
कांग्रेसका युवा नेता बलदेव तिमल्सिनाले केन्द्रमार्फत नेपालमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्न पाएकोमा खुशी लागेको भन्दै भविष्यमा पनि यसखाले कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच