गण्डकी । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरूङ (दीपक मनांगे) ले पदबाट राजीनामा दिनुभएको छ ।
आज मन्त्रिपरिषद् हेरफेरका क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालीरहनुभएका उहाँलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
गुरूङले परिवर्तित राजनीतिक घटनाक्रममा कारण राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँको राजीनामा स्वीकृत गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
गुरूङ मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आजै नेकपा ९एमाले० का चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच