भक्तपुर । हेम पाठकको गीत ‘भ्रष्टाचारको चपेटामा देश’को भिडियो छायांकन गरिएको छ । गीतको भिडियोलाई होटल सिटी गाउँ, भक्तपुरमा छायांकन गरिएको हो । कुन्ती मोक्तान र शिशिर योगीको स्वरमा रहेको गीतमा बिबी अनुरागीको संगीत छ ।
सुदन केसीको निर्देशन र चन्द्र भण्डारीको सहनिर्देशन रहेको गीतको भिडियोमा किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आरके मानन्धरले अभिनय गर्नुभएको छ । ‘भ्रष्टाचारको चपेटामा देश’ को गीतको परिमार्जन सर्जकहरू जनक थापा र रामप्रसाद खनालले गर्नुभएको थियो । पाठक अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हुनुहुन्छ । फाउण्डेशनको नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकाली रहनुभएको छ ।
फाउण्डेशनले एक लाखको ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’ एक लाखको ‘हेम-सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ र दुई लाखको ‘टंकप्रसाद-रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्दै आएको छ ।
यस्तै प्रतिष्ठानले नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, प्रतिष्ठानले बाजुरा र झापाका विभिन्न क्षेत्रका अशक्त र असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच