
काठमाडौं । दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले सेयर जारी गर्ने भएको छ । कम्पनीले एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एड्भाइजरीसम्बन्धी सम्झौतासमेत गरेको छ । सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले हस्ताक्षर गर्नुभएको हो ।
दक्षिण कोरियाको इयु बायोलोजिक्स कम्पनी लिमिटेड (इयुबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत् औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले हालै सम्पन्न साधारणसभामार्फत् कम्पनीलाई प्राइभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरेको थियो ।
नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरूको पहलमा स्थापित मिरा बायोटेक अन्तर्राष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधि उत्पादन गर्ने कम्पनी हो । कम्पनीले करिब दुई दर्जन ब्राण्डका औषधि उत्पादन गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील पौडेलले जानकारी दिनुभएको छ । हाल ५२ करोड चुक्ता पुँजी रहेको कम्पनीले चुक्ता पुँजी वृद्धि गर्न सेयर जारी गर्न लागेको होे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच