
काठमाडाैं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताउनु भयो । उहाँले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल नेपालीहरुको भएकाले नेपालीहरुले नै चलाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जनताले विचार खोजेका छैनन् भन्ने खालका भाष्यहरु बनाउन कोशिस गरिएको छ । प्रियतावादीहरुको रुझान बढ्दै गइरहेको छ । यो परिस्थितिमा हामीले फेरि एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जो हामीले हिजो एकता गरेर पनि रक्षा गर्न सकेनौँ, सबैलाई विशेष रुपमा नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षको हैसियतले जोडदार रुपमा के अपिल गर्दछु भने अब हामीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउनका लागि मुख्यतः हामीले राष्ट्रियताको सवाल असाध्यै धेरै पेचिलो भएको छ र हामीले भन्नुपर्छ, सबै एकतावद्ध भएर नेपाल नेपालीहरुको हो । नेपाल नेपालीहरुले चलाउनुपर्छ । हामी कसैको हैकम मान्नेवाला छैनौँ । हामी विश्वशान्तिको पक्षमा दृढतापूर्वक खडा हुनेछौँ भनेर राष्ट्रियताको सवालमा हामीले भन्नुपर्नेछ ।’
उहाँले अहिले विश्वयुद्धको खतरा मडारिरहेको भन्दै त्यो आँधीबेहरीका लागि तयार हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच