म्याग्दी । बिहीबार (हिजो) साँझदेखिको अबिरल वर्षाका कारण पहिरो जाँदा जिल्लाको मंगला गाउँपालिका ३ पखेरमा दुईवटा घर पुरिएका छन् । घर माथिबाट आएको पहिरोले पखेरकी लक्ष्मी खड्काका दुईवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका स्थानीय नरबहादुर थापा मगरले जानकारी दिनुभयाे ।
मगरले दिएको जानकारी अनुसार राती करिव दुई बजे आएको पहिरोले घरमा क्षति पुगेको हो ।
घर माथिबाट आएको पहिरोले दुई घरमा क्षति पुर्याए पनि बिहीबार लक्ष्मी र उहाँका छोरा अरुको घरमा पाहुना गएकोले कुनै मानवीय क्षति हुन नपाएको थापा मगरले जानकारी दिनुभयो । अहिले तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासिहरुले पहिरो पन्छाएर घरका सामानहरु सुरक्षित ठाउँमा सार्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । पानी पर्ने क्रम नरोकिएकोले अझै पनि पहिरो झरिरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी बिहीबार साँझदेखि लगातार परेको वर्षाको कारण म्याग्दी सदरमुकाम बेनी जोड्ने सबै प्रमुख सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीले दिएको विवरणअनुसार काठमाडौं, पोखरा हुँदै म्याग्दी प्रवेश गर्ने मालढुंगा-बेनी सडकको पर्वत जलजला, ५ केराबारीमा आएको पहिरोले, बागलुङ-बेनी सडकको बेनी नगरपालिका-१ सीममा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।
पहिरोको कारण देशका विभिन्न ठाउँहरुबाट म्याग्दी र मुस्ताङका लागि छुटेका रात्रिबसहरु बेनी प्रवेश गर्न पाएका छैनन् । बेनीबाट विभिन्न ठाउँहरुका लागि छुट्ने सावरी साधनहरु पनि बेनी बसपार्कबाट छुटेका छैनन् । गन्तव्य हिँडेका यात्रु अलपत्र छन् ।
सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीनवटा गाउँपालिका र बागुलङका विभिन्न गाउँहरु जोड्ने बेनी-दरबाङ सडक शुक्रबार (आज) बिहानैदेखि पूर्णरुपमा अवरुद्ध भएको छ ।
मंगला गाउँपालिका-२ र बेनी नगरपालिका ४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भीर,मालिका गाउँपालिका ६ को बाङ्गे पहिरो,मंगला गाउँपालिका २ लाम्पाटा लगाएतका ठाउँमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । वर्षा र बाढी पहिरोका कारण तीज निरसिलो बनेको छ । यातायातका साधनहरु संचालन हुन नसकेपछि मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।
त्यसैगरी सदरमुकाम बेनीबाट मुस्ताङ जाने कालीगण्डकी करिडोर बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रघुगंगा गाउँपालिका-२ कुनौटोमा, अन्नपूर्ण गाउँपालिका, ६ महभीरमा, अन्नपूर्ण-२ तातोपानीभीरमा र अन्नपूर्ण-३ दानाको सुकेबगर र गुइँठेभीरमा पहिरो झरेकोले यातायात पूर्ण अवरुद्ध छ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच