काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई सेवा प्रवेश गर्नेगरी प्रशिक्षक (अधिकृत तृतीय)मा नियुक्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिश गरेको छ । विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्नेगरी नियुक्ति दिने प्रचलन थियो ।
अन्तर्राष्ट्रिय लेभल-२ प्रशिक्षक लामाको प्रशिक्षणमा पारा तेक्वान्दोले नेपाललाई ११ अन्तर्राष्ट्रिय पदक दिलाइसकेको छ । त्यसमा तीन स्वर्ण, दुई रजत र तीन कांस्य छ । लामा स्वयंसेवक प्रशिक्षक हुनुहुन्छ ।
पेरिस पारा ओलम्पिकमा पलेशाले के-४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजिमुनिमा ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठूलो उपलब्धि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच