काठमाडौं । उपसभामुख इन्दिरा रानाले वायु प्रदुषणसम्बन्धी नीति बनाइने बताउनुभएको छ ।
शनिवार बाल विकास समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले खुला फोरममार्फत सांसदहरुसँग बसेर वायु प्रदुषण सम्बन्धी नीति बनाउनेबारे छलफल गरिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तन र वायु प्रदुषणका कारण ज्येष्ठ नागरिक, बालबालिका र महिलाहरुलाई धेरै असर परिरहेको भन्दै सोबारेमा बुलन्द आवाज उठाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षामा समावेशी ढाँचा हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘शिक्षामा पनि हाम्रो इन्क्लुसिभ फ्रेमवर्क हुनुपर्छ । डिसेब्लिटिजलाई काउन्सिलिङ गर्नेदेखि लिएर उनीहरुलाई कस्तो किसिमको इन्भायरोमेण्ट चाहिन्छ ? त्यो उनीहरुको लागि पनि सोच्नुपर्छ । इँटाभट्टामा काम गर्ने मजदुरहरुको सन्तानले धेरै नै कठिनाइ भोग्नुपर्छ । स्मोकबाट जुन इँटाहरु बनाइन्छ, त्यसले डाइरेक्ट बच्चालाई इफेक्ट हुन्छ । विश्वकै आँकडा हेर्ने हो भने धुँवा पोलुसनले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ । यस्तो कुरालाई चिरेर लैजानुपर्छ । म अहिले लुज फोरममा एयरपोलुसनमा पोलिसी बनाउने भनेर लागिरहेको छु । टाइनी भेन्टिलेशनले गर्दा धेरै बच्चाहरुको मृत्यु भइरहेको छ । ज्येष्ठ नागरिकहरु, महिलाहरुलाई विभिन्न रोग लागेर मृत्यु भइरहेको छ । त्यो कुरालाई पनि ध्यान दिएर एयरपोलुसन, क्लाइमेट चेन्जलाई पनि हामीले आवाज बुलन्द रुपमा उठाउनु पर्नेछ । मैले पोलिसीको लागि पनि ड्राफ्ट गरिरहेको छु ।’
उपभासमुख रानाले महिला, बालबालिकाहरुका लागि सरकारले छुट्याएको बजेट कम रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले कानून बनाएर मात्रै नहुने भन्दै बनाएका कानूनहरुको कार्यान्वयन गर्न जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच