काठमाडौं । राजधानीमा जारी एन्फा महिला लिगमा नेपाल एपीएफ क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई दुई-एक गोल अन्तरले पराजित गरेको हो ।
एपिएफका लागि सविता रानामगरले पहिलो हाफको इन्जुरी समयमा र गीता रानाले खेलको ६७ औं मिनेटमा गोल गर्नुभएको थियो । आर्मीका लागि एकमात्र गोल विमला चौधरीले खेलको ५६औं मिनेटमा गर्नुभएको थियो ।
जारी लिगमा एपीएफको यो पहिलो जीत हो । पहिलो खेलमा एपीएफ पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।
यसअघि शुक्रबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई नौ गोलले हराएको थियो । शुक्रबार भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेले । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ‘ए’, ‘बि’ र ‘सि’ डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच