लुम्बिनी प्रदेशमा लम्की स्किनरोगबाट ९ हजार ६११ पशुपन्छी मरे, सबैभन्दा बढी रोल्पामा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी प्रदेशमा लम्पी स्कीन रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ संक्रमति भएका छन् । १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशका प्रवेश सिहं कुवरले वताउनु भयो ।

संक्रमित पशुहरु मध्ये ५ हजार ८०१ भैसी हुन् । ती मध्ये ५ हजार ३०९ भैसीको उपचार भएको छ भने १५६ को मृत्यु भएको छ । संक्रमित पशुहरुको उपचार स्थानीय तह र पशु कार्यालयवाट गरी उपचार गरिएको निर्देशनालयका निर्देशक कुँबरले वताउनु भयो ।

यस्तै लुम्बिनी प्रदेश भर गरी हालसम्म ७५ हजार ४२० पशुपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाइएको निर्देशनालयका निर्देशक कुँबरले वताउनु भयो । सरकारले एक पछि अर्को जिल्लामा पशुहरु लम्पी स्कीन रोगवाट संक्रमित हुन थालेपछि विगत ३ महिनादेखी उक्त रोग नलाग्ने खोप लगाएको सुरु गरेको थियो । स्थानीय सरकार र निर्देशनालय मिलेर समयमा नै पशुको उपचारदेखि लम्की स्किन विरुद्धको खोप लगाउने कार्य गर्दा छिट्टै नै नियन्त्रण गर्न सकिएको निर्देशक कुँबरले वताउनु भयो ।

‘सुरुमा धेरै पुशमा नै यो रोग लागेको थियो । हामीले स्थानीय तहसँग सहकार्य गरे खोप लगाउनेदेखि विभिन्न काम गर्दा छिट्टै नै नियन्त्रणमा लिन सफल भयौँ ।’– निर्देशक कुँबरले भन्नुभयो ‘अहिले उपचार पछि संक्रमित पशुको संख्या घटेको छ ।’अहिले पनि खोप लगाउन बाँकी रहेका पशुपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाउने कार्य जारी रहेको कुबरले बताउनु भयो।

कुन जिल्लामा कति पशुपन्छी संक्रमित ? लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै पशुको मृत्यु रोल्पामा भएका छन् । रोपमा मात्रै ३ हजार ४९१ पशुहरु यस रोग लागेर मरेकोे निर्देशनालयले जनाएको छ । रोल्पामा ३१ हजार २१८ पशु संक्रमित रहेका छन् भने अहिलेसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाइएको छ ।

यस्तै रुपन्देहीमा ७ हजार ९३४ संक्रमित, ४४७ पशुपन्छीे मृत्यु र ७ हजार ३३२ लाई खोप लगाइएको निर्देशनालयले जनाएको छ । बाँकेमा ४१ हजार ५२ संक्रमित, १५२ पशुको मृत्यु, बर्दियामा १ हजार ७८ पशु संक्रमित,१२५ पशुको मृत्यु, दाङमा २९ हजार २११ पशु संक्रमित, ७७६ पशुको मृत्यु, रुकुममा १४ हजार ४०९ संक्रमित,२ हजार ६२ पशुको मृत्यु भएको छ ।

यस्तै प्युठानमा ३४ हजार ७२० संक्रमित, ८११ पशुपन्छीको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ संक्रमित, ३४२ पशु्पन्छीको मृत्यु, गुल्मीमा ९ हजार ४४७ संक्रमित, ३९० पशुपन्छीको मृत्यु, पाल्पामा ६ हजार ६७१ संक्रमित र ३६५ पशुपन्छीको मृत्यु, नवलपरासी पश्चिममा ८९४ संक्रमित र ४१ पशुपन्छीको मृत्यु भएको निर्दशनालयले जनाएको छ ।

यस्तै अहिलेसम्म कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २३७, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२०, प्यूठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशपन्छीमा लम्की स्किन विरुद्धको खोप लगाइएको छ । साथै नवलपरासी पश्च्मिमा अहिलेसम्म एउटा पशुपन्छीमा पनि लम्की स्किन विरुद्धको खोप लगाइएको छैन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?