थिम्पु । करिब आठ वर्षपछि भुटानले बंगलादेशलाई पराजित गरेको छ । आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको हो । भुटानको जितमा पारो एफसीका फरवार्ड किंगा वाङचुकले गरेको एकमात्रै गोल निर्णायक बन्यो । उहाँले ८५औँ मिनेटमा पेनाल्टी बक्सबाट गोल गर्नुभएको थियो ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने बंगलादेशले भुटानलाई हराएको थियो । सेप्टेम्बर २०१६ मा भएको एएफसी एसियन कप छनोटमा भुटानले बंगलादेशलाई ३-१ ले पराजित गरेको थियो । त्यो नै बंगलादेशविरुद्ध भुटानले हात पारेको पहिलो जित थियो । त्यसयता भुटान र बंगलादेशबीच पाँच खेल भएका थिए । ती सबै खेलमा बंगलादेशले जित हासिल गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच