ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ भाद्र २५ गते मंगलबार, ई.स. २०२४ सेप्टेम्बर १०, तिथि- भाद्र शुक्लपक्ष सप्तमी, अनुराधा- नक्षत्र, विष्कम्भ- योग, वणिज- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः४७, सूर्यास्त- १८ः१२ ।
मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
वृष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
मिथुन : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
कर्कट : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
सिंंह : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
कन्या : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
तुला : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउने छैनन् ।
कुम्भ : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मीन : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच