ललितपुर । भगवान गणेश प्राकट्य दिवसका उपलक्ष्यमा गणेश सहस्रना, गणेश अथर्वशीर्ष तथा इन्द्रस्तुतिसहित स्वराज्य पूजन सम्पन्न भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी ( इबिदह) विष्ट गाउँस्थित गणेश मन्दिरमा एक विशेष अनुष्ठाटबीच पूजन सम्पन्न भएको हो ।
गणेश सहस्रनाम तथा गणेश अथर्वशीर्ष पाठपारायण तथा पूजनसँगै ललितादेवी स्थान, इबिदहस्थित गणेश तथा अन्य देवीदेवताको पूजन, इन्द्रेश्वर महादेवमा इन्द्रस्तुतिसहित स्वराज्य पूजन, पैनाचल हनुलिंगेश्वरस्थित गणेश तथा देवीदेवता पूजनपश्चात् परिक्रमा गर्दै पुनः बोझेपोखरीमा गएर सम्पन्न गरिएको थियोे ।
पहिलोपटक आयोजना गरिएको परिक्रमासहितको स्वराज्य पूजनले स्वराज्य भागवतको महत्वलाई विश्वमा स्थापित गराउने छ भन्ने विचार परिकल्पनाकार तथा संकल्पकर्ता केशवप्रसाद चौलागाईंको रहेको छ । वेदमा स्वराज्यको मन्त्र रहेको र श्रीमद् भागवतमा कथा रहेको तथ्यलाई समन्वयात्मक रूपमा उजागर गर्दै ‘स्वराज्य भागवत’ लेखिएको तथ्यलाई यस पूजन र परिक्रमाले सार्थक तुल्याउने उहाँको धारणा थियो ।
विघ्नहर्ता तथा प्रथम पूजक भगवान गणेशको पूजा आराधनासहित सम्पन्न स्वराज्य पूजन स्थानीय विष्ट परिवार, जनप्रतिनिधि, टोल समिति तथा भक्त समूहको सक्रियतामा सम्पन्न भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच