हेटौंडा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्तेको संज्ञा दिनु भएको छ । स्वास्थ्यमन्त्रीको गृहजिल्ला हेटौंडामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले अहिलेका स्वास्थ्यमन्त्री खतिवडा अगस्ते जस्तो अनुहार भएको आरोप लगाउनु भयो ।
‘केन्द्रमा स्वास्थ्यमन्त्री को छ मैले भनिराख्नुपर्ला जस्तो लाग्दैन । अगस्ते जस्तो अनुहार भएका छन्,’ उहाँले भन्नुभयो, ‘अगस्ते भन्ने एउटा ऋषि थिए । जति खाए नपुग्ने, जति पानी खाए नपुग्ने, जति पानी पिए पनि प्यास नमेट्ने । त्यस्तै १४ लाख डोज ह्वाम पार्दा पनि नपुग्ने, अरबौ खाँदा पनि पेट नभरिने ।’
वर्तमान सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप खाएको ओलीको ओलीको आरोप छ । ‘२४ लाख डोज भ्याक्सिजन क्याप्सुल निलेझै स्वाट्ट निले । २४ लाख डोज ट्रकमा अटाउँदैन्, त्यति सर्लकै निले । अहिले अरबौंका औषधि औजारहरू, सिटी स्क्यानका मेसिनहरू, एक्सरे मेसिनहरू कुनै अस्पताललाई चाहिएर होइन, डाक्टरले चलाउने गरी कुनै जिल्लालाई माग भएर होइन, पैसा चाहिएर, कमिसन चाहिएर चुनावको मुखमा खरिद हुँदैछ,’ ओलीले भन्नुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :