शाह एसियन एथलेटिक्सको सदस्यमा निर्वाचित   

Read Time = 2 mins

काठमाडौं । राजीवविक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ ।

थाइल्याण्डको बैंककमा भएको साधारणसभाले नेपाल एथलेटिक्स एसोसिएसनका अध्यक्षसमेत रहनुभएका शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।

कार्यसमिति सदस्य पदमा मात्र भएको निर्वाचनमा शाहले सर्वाधिक ३४ मत प्राप्त गर्नुभयो । कार्यसमितिका आठजना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । साहले शीर्षस्थानमा रहँदै ३४ मत प्राप्त गर्नुभएको हो ।

जाजरकोटबाट प्रदेशसभा सांसदसमेत रहनुभएका शाहले पहिलोपटक एसियन एथलेटिक्सको सदस्य पद जित्नुभएको हो । उहाँ नेपाल एथलेटिक्स एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै, एसोसिएसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित हुनुभयो । वरिष्ठ उपाध्यक्षमा थाइल्याण्डका सुरपोङ अनियामोङको निर्वाचित हुनुभयो ।

उपाध्यक्षहरूमा चीनका वाङ नाम, भारतका टिगर पान्गापुल तानजंग, कुवेतका सयर सालेह अलानेजी, पाकिस्तानका जनरल मुहम्मद अकरम साइ र उज्वेकिस्तानका एन्ड्री अब्दुवलियेव निर्विरोध हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?