ओलीलाई प्रचण्डको जवाफ : मैले तपाईंलाई प्रधानमन्त्री बनाएको ब्याज तिर्न अझै बाँकी छ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुईपटक प्रधानमन्त्री बनाएको बताउँदै ओलीले त्यसको ब्याज तिर्न बाँकी रहेको प्रतिक्रिया दिनुभएको छ ।

विश्वासको मत लिने क्रममा सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ओलीलाई आफूले गरेको सहयोगको हिसाब किताब राख्न आग्रह गर्नुभयो । 'मैले तपाइँलाई दुईपटक प्रधानमन्त्री बनाएको थिएँ । ब्याज थियो । एउटा त बनाउनुभयो । एउटा अझै बाँकी छ । हिसाब राख्नुहोला,' उहाँले भन्नुभयो ।

उहाँले आफू प्रधानमन्त्री बनाइदिनुस् भनेर खोज्दै नगएको प्रस्टीकरण बताउँदै एमालेले नै आफूलाई बल गरेको स्मरण गर्नुभयो । उहाँले परिस्थित त्यस्तै बनेपछि आफू पुस १० मा बालकोट गएको प्रस्ट्याउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो लागि शान्ति, संविधान र परिवर्तन मुख्य कुरा रहेको बताउनु भयो । उहाँले कांग्रेससँग गठबन्धन हुँदै गर्दा आफूलाई ओलीले पाँच वर्षसम्म प्रधानमन्त्रीको प्रस्ताव गरेको र अन्तिम समयसम्म पनि के–के चाहियो भनेर भनेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?