मुगु । मुगुको एक मात्र हवाई यातायातको माध्यम रारा विमानस्थलले सेवा सुविधा संगै विपत्ति पनि निम्त्याएको छ । रारा विमानस्थल ताल्च पिच भएसंगै रारा विमानस्थल ताल्चले यति बेला मानविय तथा प्राकृतिक विपत्ति निम्त्याको हो ।
रारा विमानस्थल ताल्चा पिच भएसंगै पानीको नहर बुका खोला, लेत्याखोला, बुद्या खोलामा मिसाईएकाले रारा विमानस्थल ताल्च मुनिका छायाँनाथ रारा नगरपालिका वडा नं ४ का दजनौ बस्ती पहिरोको उच्च जोखिम पर्दै आएकाछन् ।
२०७२ सालमा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रारा विमानस्थल पिच भएको र त्यहाँ बाट बग्ने नहरहरु बुका खोला, लेत्याखोला बुद्या खोलामा मिसाईएकाले विमानस्थल बाट बग्ने पानीले विमानस्थल मुनिका बस्ती पहिराेकाे उच्च जोखिममा रहेका छन् । यि खोलामा आउने बाढी पहिरोले सयौँ बिगाहा जमिन कटान गरेको र धेरैका घर बगाएको छ ।
पानी नै नआउने खोलामा हिजो आज पानी खलखल बगेको देखिन्छ । खोलामा पानी मात्रै होईन अहिलेको अवस्थामा बाढी नै आउँने पानीको बहाव हुन्छ । बाढी संगै आउने पहिरोको त्रासका कारण बाढीको डरले खोला आसपासका स्थानीय रातभर जाग्राम बस्न बाध्य छन् ।
विमानस्थलबाट बग्ने पानीले खोला आसपासमा प्रति बर्ष यसरी नै खेतयोग्य जमिन कटान गदै जाने हो भने विमानस्थलको भविश्य पनि संकटमा पर्ने देखिन्छ । अहिले पनि विमानस्थलको उत्तर तिर जमिन भाँसिएको छ । विमानस्थल मुनि पहिरो जार्दै गर्ने हो भने विमानस्थल पनि संकटमा पर्ने र खोलाले बर्षेनी कटान गदै जाने हो भने यसबाट शिरमा रहेको राराताल पनि संकटमा पर्ने स्थानीयको भनाई छ ।
रारा विमानस्थलबाट निस्कीएको मुख्य पानी बग्ने बुकाखोला किनाराका बस्तीहरु, बस्ती पाटपटेनी, मुश्याचौर, माथिल्लो कालपाल्त, तल्लो कालापाल्त, कोष, दोवाट, कालाजुर लेत्याखोला किनारका बस्तीहरु, ढुमालेख, डाँडाजिउला, टहधारा र बुद्याखोला किनारका बस्तीहरु गिमखोला जुक्याना गाउँ खत्याडीकोट, गमगाढाको पावर हाउस लगायतका क्षेत्रहरु पहिरोको उच्च जोखिममा रहेका छन ।
विमानस्थल पिच भएको र त्यहाँबाट बग्ने नहर बुकाखोलमा मिसाईएका छन भने अन्य लेत्याखोला, बुद्याखोलामा त्यसको विभिन्न क्षेत्रबाट बग्ने पानिका कारण विमानस्थल मुनिका दजनौ बस्ती पहिरोको जोखिमा परेका छन भने गमगढी बालै राताचौर हुर्दै पिना जोड्ने सडकपनि जोखिममा छ । यो सडक हुँदै छायाँनाथ रारा नगरपालिका वडा नं ४,६,७,८ का विद्यार्थी, स्थानीय सदरमुकाम गमगढी आउन यो सडक हुर्दै आउछन । जोखिममोलेर सदरमुकाम जानुपरेको स्थानीयबासीको भनाई छ ।
लगातार आएको अबिरल वर्षाले खोलामै आएको बाढिकै कारण सोक्षेत्रका बिभिन्न क्षेत्रहरुमा जमिन भासिदाँ सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्रम बस्नु छायाँनाथ रारा नगरपालिका ४ का स्थानीय जङ्ख बहादुर भाम बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ पानीसँगै आउने बाढीले रारा बिमान स्थल तलका बस्तीमा ९ बर्ष देखि दिन प्रतिदिन यस्तो समस्या थपिदै गएको छ तर स्थानीय चिन्तित हुने सरोकारवाला निकायले वास्ता नगर्नाले समस्या थपिर्दै गएको छ ।
विमानस्थलको पानिले गर्दा बुका खोलाले सयौ बिगाह जमिन पनि कटान् गरेको छ । खेतीयोग्य जमिन बालिनालि बगाएको छ । खोलाको आसपासका बस्ति जोखिममा परेका भएपनी यस प्रति कसैले ध्यान नदिएकाले समस्या बर्षेनि समस्या बल्लझिदै गएको छायाँनाथ रारा नगरपालीका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मी प्रसाद भाम भन्नुहुन्छ खोलाले खेति योग्य जमिन पनी बर्षेनी यसरी नै कटान गर्ने हो भने दजनौ बस्ती पनि नरहने बस्ती सार्नुको विकल्प छैन ।
लगातार आएको अबिरल वर्षा संगै खोलामा आउने बाढि कै सो क्षेत्रका स्थानिय बासिन्दा रातभर जाग्राम बस्नु पर्ने,घरजग्गा विहिन हुनु पर्ने र विस्थापित हुने अवस्था आएकोले परेको समय मै जोखिम न्युनिकरण वा स्थानान्तरण को माग गर्दै मंगलबार वडा कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि मार्फत सवन्धित निकायहरुलाइ ध्यानाकर्षण पत्र अध्यक्ष लक्ष्मी भामको टोलिले बुझाएको छ ।
मानविय तथा प्राकृतिक विपत्ति ठुलो छ । स्थानीय सरकारले समस्या समधान गर्न नसक्ने देखिएकाले संघिय सरकार प्रदेश सरकारको आवश्यकता अपरिहार्य देखिएकाले समस्या समधानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकार सुर्खेतलाई ध्यानाकर्षण गराउदै रारा नागरिक उड्यन कार्यालय ताल्चा र जिल्ला प्रशासन कार्यालय मुगुमा ध्यानाकषर्ण पत्र बुझाइएको वडा अध्यक्ष भामले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच