भ्यालेन्सियालाई हराउँदै रियल फाइनलमा

Read Time = 2 mins

मड्रिड । भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै साबिक विजेता रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा चार-तीनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा एक-एकको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गर्नुभयो ।

भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र हृयुगो गुइलामोनले गोल गर्नुभयो । इरे कमर्ट र जोश गायाले गोल गर्न सक्नुभएन ।
त्यसअघि खेलको ३९औँ मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो ।

दोस्रो हाफको सुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्कियो । ४६औँ मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राती प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?