काठमाडौं । दोस्रो उपत्यकास्तरीय योग च्याम्पियनसिप आयोजना हुने भएको छ । बागमती योग खेलकुद समितिले यही भदौ २९ गते तारकेश्वर नगरपालिकासँगको समन्वयमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।
च्याम्पियनसिपमा सहभागी हुने टोलीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पाठ्यक्रममा रहेर योगासन प्रस्तुत गर्नुपर्ने आयोजक कमिटीले बुधबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
एकल प्रतिस्पर्धा र रिदमिक समूह गरेर दुई फरक विधामा हुने प्रतिस्पर्धामा ९ देखि ५० वर्षमाथिका विभिन्न उमेरका फरक-फरक समूहबीच खेल हुनेछ ।
पुरुष र महिलाको छुट्टाछुट्टै आयोजना हुने यस खेलका लागि ३६२ खेलाडी सहभागी हुने बागमती प्रदेश योग खेलकुद संघका अध्यक्ष एवं आयोजक कमिटी संयोजक केदारनाथ बस्ताकोटीले जानकारी दिनुभयो । प्रतियोगिता तारकेश्वर नगरपालिका-८ स्थित टुसाल मल्टिभेन्युमा शनिबार (भदौ २९) बिहान ७ बजेबाट सुरु हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच