काठमाडौं । चलचित्र ‘दुखी आत्मा’को छायांकन आरम्भ गरिएको छ । दीपेन्द्र लामाको लेखन, निर्देशन रहेको चलचित्रको गत सोमबार अर्थात् २४ गतेबाट राजधानीका बिभिन्न स्थानमा छायांकन भइरहेको हो ।
हिमाल कडरिया निर्माता रहेको चलचित्रमा दयाहाङ राई आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायतको अभिनय छ ।
क्लक वर्क कृएसन्सको ब्यानरमा रहेको ‘दुःखी आत्मा’ सोसियल कमेडी चलचित्र हो । आलोक शुक्लाको छायांकन, सुशान्त गौतमको संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको प्रोडक्शन म्यानेजर सुदीप ढकाल छन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको रिलिज मिति सुटिङ सकिएपछि मात्रै तय गरिने जानकारी निर्माता कडरियाले दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच